
म्युनिख,जर्मनीमा रहेको म्याक्स प्ल्यान्क इन्स्टिच्युटका मनो चिकित्सकहरूले ब्रेन स्क्यानरले सपना स्क्यान गर्छ भनेर परिक्षण गरिसकेका छन् । जो मानिसहरू स्पष्ट अर्थ देखिने खालको र आफ्नो सपनालाइ नियन्त्रणमा देख्दछन् त्यस्ता मानिसहरूको व्रेन स्क्यान गरेर हेर्न सकिन्छ ।
यसको मतलव यो हो कि जागृत भैरहेको मानिसको दिमाख जसरी पढ्न सकिन्छ त्यसैगरि सुतिरहेको मानिसमा पनि यो कुरा लागु गर्न सकिन्छ ।
प्ल्यान्क इन्सिचयुटका वैज्ञानिकहरूले यो सावित गरेका छन् कि स्पष्ट अर्थ भएको सपनादेख्ने हरूले जागृत अवस्थामा जे भन्दछन् त्यही कुरा व्रेनको स्क्यान गर्दा पनि पाइएको छ ।सपना देख्नेहरूले यो कुरामा सहमत भएका छन् कि तिनीहरू आफ्नो सपना नियंत्रण गर्नको लागी बन्द आँखाको चहल पहल र हातको प्रयोग सपनामा हात समाउन दवाउनको लागी गर्दछन् ।
वैज्ञानिकहरू ति मानिसहरूको सपनाको बारेमा चुम्बकिय प्रतिध्यवि तस्विर तथा इन्फ्रारेड स्पेक्ट्रोस्कोपी को प्रयोग गरेर त्यसको तातोपनबाट सपनाको बारेमा एउटा प्रतिआकृति वा छाँयाचित्रको अध्ययन गरिरहेका छन् । जसले व्रेनको क्रियाकलापको तस्विर बनाउँदछ ।ति सपना देख्नेहरूले साँच्चिकै आफ्नो हात सपना देख्नेबेलामा समातेका वा दवाएका थिएनन् , तर व्रेन स्क्यानको परिणामले के देखाएको छ भने व्रेनको क्रियाकलाप एउटै थियो जव उनिहरूले साँच्चिकै विपनामा हात समात्दा वा दवाउँदा र सपनामा हात समात्दा वा दवाउँदा देखिएको थियो ।यहि हिसावले यो अनुसन्धान अगाडी बड्दै जाँदा अबको केहि समयपछि वैज्ञानिकहरूले हाम्रो सपना रेकर्ड गरेर पछि हेर्न मिल्ने बनाउँन सक्नेछन् भन्नेमा दुइ मत नहोला ।
Rate This Article
Thanks for reading: व्रेन स्क्यानिङ टेक्नोलोजी ,जसले तपाँइको सपना पनि हेर्न सकिन्छ ।, Stay tune to get latest Blogging Tips.