विजयादशमी र जमरा नेपाली संस्कृति एवं परम्पराका परिपूरक शब्द हुन् । घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र हो । भारतीय एवं अन्य राष्ट्रका हिन्दूहरूमा यो परम्परा पाइँदैन । वर्षदिनसम्म घरबाट टाढा भएका व्यक्तिहरू पनि मान्यजनको हातबाट आर्शीवादसहित टीका जमरा थाप्न घर पुग्ने गर्दछन् । पुरुषहरूले ढाकाटोपीमा सिउरेको र महिलाले चुल्ठोमा सिउरेको जमराले नेपालीको धार्मिक आस्था एवं सांस्कृतिक एकतालाई प्रतिबिम्वित गराउँछ । यसरी धार्मिक, सामाजिक, सांस्कृतिक एवं स्वास्थ्यको दृष्टिले पनि जमराको ठूलो महिमा छ ।
शरद् ऋतुको आश्विन महिनाको शुक्लपक्षमा पर्ने विजयादशमीको नवरात्र -बडादसैँ) को पहिलो दिन दसँैघरमा घटस्थापना गरी त्यस घटमा गोवरले रेखा बनाई जौ रोपण गरिन्छ । यसैगरी नदीबाट ल्याइएको बालुवाको वेदी बनाई त्यसमा पनि जौ छरिन्छ । विभिन्न जातजातिमा धान, गहुँ मकैजस्ता अन्न पनि जौमा मिसाएर छर्ने चलन छ । जौ रोपिएको घडामा विभिन्न देवीदेवताको आहृवान गरी घडामाथि थालीमा भगवती दुर्गाको प्रतिमा राखिन्छ । नवरात्रभरि भगवती दुर्गाका नौ स्वरूपको पूजा यस घडामा अवस्थित थालीमा गरिन्छ । दुर्गाका नौ स्वरूपको उल्लेख गर्दै बराहपुराणमा भनिएको छ । नवदुर्गा भन्नाले शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिरात्रीलाई बुझिन्छ । यसको साथै ती मातृशक्तिहरूमा ब्राहृमी, माहेश्वरी, कौमारी, इन्द्रायणी, चामुण्डा, वैष्णवी, नारसिंही, ईश्वरी, लक्ष्मी रहेका छन् । नवरात्रका विशेष दिन महासप्तमी, महाष्टमी र महानवमीका दिन क्रमशः महासरस्वती, महाकाली र महालक्ष्मीको विशेष आराधना गरिन्छ ।
यसरी मातृशक्तिको आराधना गर्दै घडा र वेदीमा उम्रेको जमरा विजयादशमीको दिन आˆना कुलदेवताहरूलाई अर्पण गरी प्रसादस्वरूप लगाउने गरिन्छ । अब प्रश्न उठ्छ कि दसैंमा किन प्रसाद स्वरूप जौको अङ्कुर जमरा लगाइन्छ त ? के महìव छ त जमराको ?
जौलाई संस्कृतमा यव भनिन्छ । खाद्य पदार्थको दृष्टिले पौष्टिक पदार्थ हो भने जौलाई स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ । वैदिक ग्रन्थमा जौलाई रोग दूर गर्ने, यज्ञयज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रूपमा लिइएको छ । यसैकारण होला यज्ञयज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा गरिएको पाइन्छ । पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिएको छ । पुराणमा भगवान् श्रीकृष्णले पनि औषधिहरूमा म जौ हुँ भनेर भन्नुभएको हुनाले पनि यसको धार्मिक महìव कत्तिको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।
वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महìव कम्ती रहेको छैन । आयुर्वेदिक ग्रन्थमा जौ र जौको अङ्कुरबाट गर्न सकिने उपचारको उल्लेख भएको पाइन्छ । आधुनिक चिकित्साअनुसार विविध रोगका लागि जौ उपयुक्त रहेको आजका वैज्ञानिकहरूले पत्ता लगाएका छन् । चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद -क्यान्सर) एवं मधुमेहजस्ता रोगहरूलाई ज्यादै फाइदा पुर्याउँछ । यसको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउने भनाइर्ं उनीहरूको छ । यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरूलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले चाँडै शरीरमा तागत आउने कुरा विभिन्न खोजबाट पत्ता लागिसकेको छ । अमेरिकाका भूविज्ञ डा. आर्क टकसले गरेको अनुसन्धानबाट के पत्ता लागेको छ भने जौको अङ्कुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो । अन्य हरिया सागपातमा पाइने पौष्टिक तìव भन्दा जौ वा यसको अङ्कुरमा पाइने तìव तुलनात्मक रूपमा धेरै नै बढी छ । अमेरिकाका अन्य विशेषज्ञले पनि जमरालाई प्रयोगको रूपमा सफलता पाइरहेका छन् । भारतमा चिकित्सकहरूले गरेको जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरूलाई समेत फाइदा पुर्याएको बताएका थिए । नेपालमा पनि जमराको प्रयोगबाट लाभ लिनेहरू नभएका होइनन् । जौमा यस प्रकारका प्रशस्त गुण रहने हुनाले पनि यसको अङ्कुरलाई विजयादशमीको प्रसादको रूपमा प्रयोगमा ल्याइएको हुनसक्छ ।
'दसैं' ः उहिले र अहिले
हिन्दूहरूको महान् चाड हो दसैं । दसैंलाई दशहरा, वडादसैं, विजयादशमी, आयुध-पूजा आदि नामले जानिन्छ । आश्विन शुक्ल पक्षको दशमी तिथि यस पर्वको प्रमुख दिन हो । भगवान् राम र शक्तिस्वरुपा भगवतीले यसै दिन रावण र महिषासुर राक्षसको वध गरी विजय प्राप्त गरेकाले यसलाई विजयादशमीको नामले पनि जानिन्छ । दसैंलाई हिन्दू संस्कृतिले वीरताको पूजक तथा सौर्यको उपासक मान्छ । यस पर्वले काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा दिने विश्वास गरिन्छ । दसैंलाई हिन्दूका अतिरिक्त बौद्ध र मुस्लिम लगायतका धर्मावलम्बीले पनि मनाउने गर्दछन् । त्यसैले यसलाई साझा चाडको रूपमा लिने गरिन्छ ।
नेपाल बाहिर बसोबास गर्ने नेपालीले दसैंलाई गोर्खालीको पहिचानको रूपमा लिन्छन् । शक्तिको प्रतीक दसैंलाई हिन्दूहरूले अनादिकालदेखि साझा पर्वकोे रूपमा मान्दै आएका छन् । असत्यमाथि सत्यको विजयको प्रतीकको चाडको रूपमा दसैंलाई लिइन्छ । आपसमा झगडा गरेका नातेदारहरू पनि दसैंको अवसरमा टीका थापेर बोलचाल गर्ने गर्दछन् ।
यही दसैं मनाउने कुरामा केही भिन्नता आएको त छैन ? प्रस्तुत छ, देशका विशिष्ट ज्येष्ठ नागरिकहरूको धारणा ः
दसैं मनाउने बदलाव आएको छैन
डा. सत्यमोहन जोशी -संस्कृतिविद्)
समय अनुसार सारमा अलि परिवर्तन आए पनि दसैं मनाउने प्रचलनमा कुनै भिन्नता आएको छैन । पूजापाठ उही छ । दसैं मनाउने बदलाव आएको छैन । शैलीमा केही फरकपन आएको हुनसक्छ । अहिले जाति-जनजाति तथा क्रिश्चियनलगायतका धर्मावलम्बीहरूले दसैं चाड हाम्रो होइन भन्ने गरे पनि सबैले मनाउँछन् । त्यसैले पनि दसैं राष्ट्रिय पर्व हो । दसैं हाम्रो चाड हैन भन्नेले पनि दसैं खर्च बुझ्न पछि पर्दैनन् । बिदाको सुविधा पनि लिन्छन् । दसैंमा शक्तिको पूजा हुने हुनाले सबैजना शक्तिलाई मान्छन् । शक्तिको पूजन र विश्वासमा कुनै भिन्नता आएको छैन । उहिले जस्तो आज पनि देवीको पूजा गरिन्छ ।
शुभकामना आदानप्रदान तथा मान्यजनको आशीर्वाद लिने पक्ष यस चाडको सबैभन्दा उत्तम पक्ष हो । सनातनीपर्वदेखि चलिआएकाले बलि प्रथामा खोट लगाउनु उचित हुँदैन । मानवीयताका हिसाबले हेर्दा त्यसमा खोट लगाउन भने सकिन्छ । अहिले देखिएका केही विकृतिलाई समेत समयले आफसेआफ ठीक ठाउँमा ल्याउँछ । मानिसमा चेतना बढ्दै गएपछि बलि दिने विकृति पनि पनि ठीक हुन्छ । जसको जे हैसियत छ, त्यही हैसियतमा दसैं मनाउनुपर्छ । ऋणधन खर्चेर दसैं मनाउनु उचित होइन । साहुको घर नचहारी आˆनो बलबुता र औकातले भ्याएसम्म मात्र दसैं मनाउनुपर्छ । दसैंमा पश्चिमा संस्कृतिले प्रभाव पारेको छैन । पश्चिमा देशमा दसैं मनाउने प्रचलन नै छैन भने कसरी त्यसको प्रभाव पर्ला ?
पशुबलि हैन, पशुत्वको बलि दिइनुपर्छ
माधव घिमिरे -राष्ट्रकवि)
दसैं मनाउने तरिकामा हालसम्म कुनै परिवर्तन आएको छैन । शक्तिको पूजा गरिने दसैंले नेपालीहरूलाई एकअर्कासँग जोड्ने काम गर्छ । असत्यमाथि सत्यको विजयको रूपमा मनाइने चाडले नेपालीहरूलाई प्रगतिपथमा लम्कन सन्देश दिन्छ । मानव मनमा भएका खराब तत्त्व, दुर्गुणहरूको अन्त्यका लागि शक्तिकी देवी भगवतीसँग आशीर्वाद माग्ने गरिन्छ । आˆना मान्यजनको आशीर्वाद लिने चाड भएकाले पनि नेपाली समाजमा यसको महìव घटेको छैन न त घट्ने नै छ । दसैंको आन्तरिक पक्षमा कुनै परिवर्तन नभएको भए पनि बाहृय पक्षमा तात्त्विक भिन्नता आएको छ । दसैं पर्वलाई हिन्दू बाहेकका धर्मावलम्बीहरूले समेत मान्ने र रमाइलो गर्ने हुनाले यस चाडलाई नेपालीको साझा चाडको रूपमा लिइन्छ ।
दसैंमा बलि दिइने प्रचलन उहिलेदेखिको भए पनि यसमा विकृति भित्रिएको छ । अज्ञानता र देखासिकीले विकृति मौलाउने अवसर पाएको छ । दसैंमा पशुत्वमन र विचारको बलि दिने ठाउँमा निरीह पशु, जीवलाई बलि चढाइनु गलत कुरा हो । मान्छेले अङ्गालेको पशुत्व, कुविचार र कुसंस्कारलाई दसैंमा बलि दिइनुपर्छ निरीह जीवजनावरको होइन । निर्दोष जीवजनावरलाई बलि चढाउने कुरा भगवतीको इच्छा विपरीत छ । बलि भनेको समर्पण हो । पूजापाठ बलिविना पनि हुन्छ । सबैजना दसैंमा बलि दिएर मात्र पूजा गर्दैनन् । मिठाई, नरिवल, फूलपातले समेत दसैंमा देवीको पूजा गर्ने चलन छ । मासु खाने बहाना र आफूलाई ठूलो देखाउने प्रचलनले स्थान लिन थालेपछि कमसल वर्गकाले समेत धनाढ्यको देखासिखी गर्दा विकृति झाङ्िगँदै गएको हो ।
प्रकृतिलाई नबुझेर बलिदिने परम्परा बस्यो
डा. चिन्तामणि योगी -संस्कृतिविद्)
दसैं पुण्य र अहिंसामय चाड हो । मानिसको अल्पज्ञानकै कारण यसमा विकृतिले ठाउँ न पायो । भगवानको पूजा गर्ने अधिकार धनी र गरिब सबैलाई समान छ । जोसँग जे छ, उसले त्यही उपहार भगवान्लाई दिएर शक्ति माग गर्दछ । उहिले मानिस जङ्गलमा घुम्थे । शिकार गरी जीवन निर्वाह गर्दथे । माछा मारेर जीवन गुजारा गर्दथे । त्यतिबेला उनीहरूसँग भगवान्लाई चढाउने आजको जस्तो उपहार थिएन । त्यसैले उनीहरू आफूसँग भएको सामान चढाएर भगवान्को पूजापाठ गर्दथे । उनीहरूको जीवन प्रकृतिमै निर्भर थियो । माछा मारेर जीवन धान्नेसँग माछा मात्रै थियो । जङ्गलमा शिकार गर्नेसँग शिकार मात्रै थियो । अन्न उब्जाउने किसानसँग अन्न मात्रै थियो । बाँकी ज्ञान, विज्ञान र प्रविधि उनीहरूसँग थिएन । त्यसैले उनीहरू भगवान्लाई त्यही माछा, मासु र अन्न चढाएर पूजापाठ गर्थे । उनीहरूको मनसाय कसैको वध गर्ने थिएन । जीवन निर्वाहको बाटो उनीहरूको त्यही थियो । उनीहरू प्रकृतिको नियमसँग बाँधिएका थिए ।
ज्ञान र सीप भएका मानवले देवीलाई अरूको वध गरेर रगतको बलि दिनु विकृति हो । यसले मानवलाई सन्तुष्टभन्दा असन्तुष्ट बनाउँछ । यसले मनमा शान्तिभन्दा अशान्ति पैदा गर्दछ । पशुपन्छी, जीव सबैको ज्यान समान हो । सबैलाई समान पीडाबोध हुन्छ । कसैलाई दुखाएर, मारेर देवी खुसी हुँदैनन् । बलि दिने प्रचलन कहिलेदेखि भयो भन्ने कुराको यकिन त छैन तर अध्यात्मपक्ष कमजोर भएदेखि नै बलि प्रथा सुरू भयो । शास्त्रमा लेखिएको विद्याको सही अर्थ लगाउन नसकेर पनि विकृति बढ्यो । अर्थको अनर्थ भएर संस्कृतिमा विकृतिले स्थान पायो । मानिसको स्वार्थ र अज्ञानताले बलि दिने प्रचलन सुरू भएको हो । यसको दोषी हामी मानव हौं । मानवको अज्ञानता हो । शास्त्रीय मान्यतामा 'बलि' को अर्थ 'उपहार' हुन्छ । उपहार खीर, फलफूल, मिठाई, नरिवल जे पनि हुनसक्छ । अरूको रगत चढाउनु उपहार हुनसक्दैन ।
पूजा गर्नुमा तात्विक भिन्नता छैन । उहिले पनि देवीको पूजा गरिन्थ्यो, अहिले पनि गरिन्छ । मात्र पूजा गर्ने विधि र शैलीमा परिवर्तन आएको छ । उहिले साधारण प्रकृतिपूजन हुन्थ्यो । अहिले तडकभडक बढी छ, प्रदर्शनी बढेर बनावटी पूजा हुन्छ । उहिले दसैं साधनाप्रधान थियो अहिले मनोरञ्जनप्रधान भएको छ । अहिले जुवातास, पशुबलि, मद्यपान बढेको छ । उहिले उपहार र प्रसाद चढाएर देवीको पूजा गरिन्थ्यो । अहिले पशुबलिको प्रतिस्पर्धा छ । उहिले सामान्य हाँस, कुखुराको बलि दिइन्थ्यो अहिले ठूलठूला पशुहरूको बलि दिइन्छ । उहिले भोजभतेर सामान्य थियो, अहिले राजषी भोज हुने गरेको छ ।
विकृति संस्कृतिमा होइन, समाजमा छ । हाम्रो संस्कृति दुई-चार हजार वर्षको होइन । यो त हजारौं हजार वर्ष पुरानो संस्कृति हो । संस्कृतिको सही अर्थ लगाउन नसकेर त्यसमा विकृति आएको हो । समाजको विकृतिलाई हटाउनसके संस्कृतिमा विकृतिले छुनसक्दैन । अहिलेको युवा पुस्ताले बुझ्नुपर्ने कुरा यही छ । सुधारको नाममा संहार गरिनु कदाचित उचित होइन ।
आर्थिक पक्षले दसैंमा विकृति ल्यायो
चेतोनाथ शर्मा -संस्कृतिविद्)
दसैंमा सबैथोक छ । यो 'बुझ्नेका लागि श्रीखण्ड हो, नबुझ्नेका लागि खुर्पाको बिँड ।' सद्भाव र सहकार्यको मूल यस पर्वले नेपाललाई शक्तिपूजक देशको पमा चिनाएको छ । देवीलाई प्रकृतिको रूपमा पूजन गरिने हुनाले यसको महिमा बढेको हो । यो 'वीरपूजा' को रूपमा चिनिन्छ । दसैं आफैँमा नेपालीजनको पहिचान र शक्ति हो तर यसमा विकृतिको प्रवेशले दिनदिनै ठूलाठालुको लागि मात्र सीमित हुन खोजिरहेको भान हुन्छ ।
उहिले दसैं 'सादा जीवन उच्च विचार' ले मनाइन्थ्यो । मान्छेमा आत्मस्वार्थ थिएन । देवीको पूजा स्वार्थरहित भावनाले स्वच्छ मनले गरिन्थ्यो । बलि प्रथामा पनि विकृति थिएन । सक्नेले सानातिना बलि दिन्थे, नसक्नेले मिठाई र फलफूलबाटै काम चलाउँथे । अहिलेको जस्तो भोजभतेर र तडकभडक थिएन । आत्मीयताले सबैलाई बाँधेको थियो । देवीको पूजाले मनमा आनन्द र शक्ति प्राप्त भएको महसूस हुन्थ्यो । सबैतिर सद्भाव र आत्मीयता थियो । चोखो मनले सबैसँग व्यवहार गरिन्थ्यो ।
अहिले दसैंमा विकृति भित्रिएको छ । यो विकृति भित्र्याउने हामी नै हौं । संस्कृति आफैँमा खराब चिज होइन । यसले त जनजनको आत्मालाई जोड्ने पुलको काम गर्ने गर्छ । स्वार्थी भावनाले त्यस पुललाई भत्काउने प्रयास गरिरहेको छ । तँ र मँ को भावना विकास भएको छ । आर्थिक स्थिति र आडम्बरले विकृति बढायो । लवाइ-खवाइमा बढोत्तरी भयो । प्रचार र देखावटी चिजले बढी स्थान लियो । सही संस्कृतिको अवलम्बन कसैले गरेन । सम्पन्नवर्गले नेपाली संस्कृतिलाई भड्किलो बनाए । सामान्यवर्गका मानिसले पनि त्यही कुरा गर्न खोजे । छाडा संस्कृतिले प्रश्रय पायो । प्रथाजनित नियम र कानुन एकातिर छन्, मानिसको व्यवहार र शैली अर्कोतिर । चाड भन्दै रमाइलो गर्ने बहानामा मनपरी बढेको छ । यी सबै अहिलेका पुस्ताका लागि डरलाग्दा विकृति हुन् ।
आराधना र पूजा त शक्तिको अर्को रूप हो । विद्या र सेवामा नै 'ऐश्वर्य' को बास हुन्छ तर त्यो विद्या र सेवा स्वार्थरहित हुनुपर्छ । नितान्त जनहितका लागि । अहिले बलि दिने प्रचलनमा विकृति देखिएको छ । तड्पाई-तड्पाई पशुलाई बलि दिने गरिन्छ, जुन अशोभनीय छ । देवीलाई खुसी पार्न जीव-जनावरको बलि दिने प्रचलन सुरूमा नभए पनि विस्तारै त्यसले समाजमा स्थान लियो । मासु खाने बहानामा पनि बलिप्रथाको बिगबिगी बढेको मान्न सकिन्छ । चाडवाडको नाममा आफन्त र घरपरिवारका सदस्यहरूलाई मासु खुवाउने नाममा बलिप्रथाले तीव्रता पायो । माथिल्लो तहका धनाढ्यहरूले यसलाई बढी अवलम्बन गरे । त्यही कुरा अन्यले पनि सिके र सकी नसकी बलि दिएर शक्तिस्वरुपा देवीलाई खुसी पार्न खोजे । त्यसले पनि विकृतिलाई मलजल गर्यो ।
Rate This Article
Thanks for reading: विजयादशमीमा लगाइने जमराको महत्व, Stay tune to get latest Blogging Tips.