Lets get connected in Instagram   And Please Subscribe!    My Youtube Channel

नेपाली जोक्स अनी चुट्किला3

उदास छोरालाई देखेर बाउ
बाउः के भो छोरा ?
छोराः केिह होइन वुबा
बाउः भन न म तेरो साथी जस्तै त हो नी
छोराः केिह होइन के मुला,तेिर छ्प्की जाबो अलीकति हर्लिक्स माग्दा पनि गाली गर्छे यार ॥

****

भिखारि : हजुर केहि खाने कुरा पाईन्छ ?
भित्रबाट : (श्रीमान) श्रीमती घरमा छैन ।
भिखारि : हजुर मलाई श्रीमती त चहिएन

****

एक छात्रलाई शिक्षकले "अल्छिपन " को बारेमा निबन्ध लेख्न लगाएछन । छात्रले
तिन पेज खालि छोडेर अन्तमा लेखेछ यहि अल्छिपन हो ।

****

ग्राहक :"भाई एउटा जुस दिनुन ।"
(मुन्द्रे रियल जुस दिएछ ।)
ग्राहक :"भाई रियलमा त किरा छ भन्छनि यसबाट पनि किरा निस्कियो भने नि ?"
मुन्द्रे :"किराको छुट्टै पैसा लागछ ।"

****

‎(एउटा केटी पाल्तु चरा पसलको छेउबाट हिड्दै थिई।)
सुगाले भन्यो:"है केटी तिमी सारै नराम्री छौ।"
केटी सुनेको नसुनै झै गरेर हिडी। फर्केर आउदा पुन:
त्यस सुगाले भन्यो: "है केटी तिमी सारै नराम्री छौ।"
यसरी सुगाले दिनहु त्यसै भन्न थाल्यो। केटीलाई एउदम रिस उठेछ र पसलेलाइ कराउन गइछ। पसलेले माफी माग्यो र आइन्द सुगाले यस्तो नभन्ने कबुल... गरेर केटीलाई फर्कायो ।
(भोली त्यो केटी त्यही बाटो हिडी)
र सुगाले भन्यो: है केटी....
केटी: भन....
सुगा:बाकी त तिमीले बुझ्यौ नि हैन ??

****

छोरा :" मम्मी तपाईंलाई त्यो प्लेट याद छ ? जुन प्लेटको बारेमा हजुर सधैं टेन्सनमा रहनु हुन्थ्यो कि कही प्लेट फुट्ने त हैन भनेर ।"
मम्मी : "याद छ छोरा, तर किन र ?"
छोरा :"मम्मी, सम्झिनुस् आज देखी तपाईंको टेन्सन समाप्त भयो ।"

****

बच्चा:(पाहुनालाई) "हजुर निकै बेर यहाँ बसिरहनुहुन्छ ?"
पाहुना: "किन र बाबु ?"
बच्चा: "बुवा भन्नुहुन्छ कि पाहुना नजाउञ्जेल खान नबस्ने रे । आफूलाई यहाँ कस्तो भोक लागिसक्यो"

****

एकजना सिकारिले दोस्रो सिकारिसँग भन्यो कि: "सुन्न आज एउटा बाघले म सँग गफ
गर्यो ।"
दोस्रो शिकारि: "के भन्यो ?"
शिकारिले भन्यो, "जसरि मैले उतिर बन्दुक
तेर्स्याएँ उ त मज्जाले हाँस्यो उस्को बिमाको कागज देखायो,,,,,,,"

****

एकदिन
माग्ने बुढा बजारबाट घर तिर फर्कदै थिए । बिच बाटोमा पुगेपछी उसको टाउकोमा
माथि उडिरहेको एउटा भगेराले उसको टाउको मा आची गरेछ यो देखेर निरास भएको
माग्ने बुढाले माथि तिर हेर्दै भनेछन, "भगवान तपाईंलाई लाख लाख नमस्कार
तपाईंले धन्न गाई भैसिलाई चाही उड्ने बनाउनु भएन"

****

एकजना माग्ने बाटोमा बसिरहेको थियो। एक भलादमी त्यही बाटो हिड्दै थिए।
माग्ने:- दाई एक रुपैया दिनुहोस् न?
भलादमी:- एक सुका पनि छैन।
माग्ने:- त्यसो भए आउनुहोस् सगै बसेर मागौ।

****

मुन्द्रे : ओए बान्द्रे आज मेरो गर्लफ्रेन्ड को बर्थडे छ के गिफ्ट दिने होला यार ??
बान्द्रे : कस्ती छ तेरी छ्प्की ?
मुन्द्रे : च्वाँक छ नि यार
बान्द्रे : तेसो भये मेरो नम्बर दे न त

****

शिक्षक :२० लाई ५ ले भाग गर्द कति हुन्छ ?
विद्यार्थी :यो त साह्रै घुमाउरो प्रश्न भयो सर ।
शिक्षक :(उदाहरण दिदै ) २० वटा कपि ५ जनालाई बराबर बाँडियो भने कति कति वटा पुग्छ त ? विद्यार्थी : यो त झनै घुमाउरो भयो सर ।
शिक्षस :(निरास हुँदै) मानौ २० जना केटी ५ जना केटालाई बाँडियो भने कति कति जना पुग्छ ? विद्यार्थी :(हत्तारिदै) ...एकै स्वरमा ) ४ - ४ जना पुग्छ सर ।

****

कक्षामा
शिक्षकले एक दिन विद्यार्थीहरुलाई आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न
लगाएछ: एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाए । दश मिनेटपछि उसले उठेर भने: �सर! थप कपी� ।

****

प्रोफेसर:तिमी क्लासमा किन ढिलो आएको?
केटी:सर मेरो पछाडि एउटा केटा लाग्यो त्यसैले
प्रोफेसर:त तिमि किन लेट?
केटी:सर त्यो केटा नै बिस्तारै आईरहेको थियो अनि....

****

नेपाल टेलिकमको नयाँ सेवा विवाह सेवा:
सम्बन्धको लागि १ थिच्नुस्, स्वयम्बरको लागि २ थिच्नुस्, विवाह नै गर्न ३ थिच्नुस्मुन्द्रे: दोस्रो विवाहको लागि के थिच्ने?नेपाल टेलिकम : यस सेवाको लागि पत्नीको घाटि थिच्नुस्।।।।।

****

दुईजाना साथी(राम र स्याम) कुरा गर्दै छन।
राम: स्याम म त अफिस जानु भन्दा अगाडी मेरो श्रिमतीलाई १ किस गरेर मात्र जान्छु। त के गर्छस?
स्याम:म पनि तैले जस्तै गर्छु, त अफिस गएपछि।

****

कुशल कलर टि.भी. किन्न जान्छ.
कुशल : के तपाईँकोमा कलर टि.भी. छ?
पसले: छ।
कुशल : मलाई रातो टि.भी. दिनु त!!!!!

****

बालक : मलाई तपाई मन पर्छ ! म तपाईंसँग विहे गर्न चाछन्छु !
शिक्षिका : मलाई बच्चा मन पर्दैन !
बालक : ठिक छ म कोसिस गर्छु कि बच्चा नहोस ।

****

श्रीमती : तपाईले थाहा पाउनु भयो इन्डियामा एकजनाले साईकलसँग आफ्नि स्वास्नि साटेछ ।
सुगम : म त मोटरसाईकल भन्दा घटिमा त मरे पनि साट्दिन ।

****

दुइ जना सिकार खेल्दै थिऐअकस्मात बाघ आयोदुबै जना रुख मा चढेएकले भन्यो: म तल झरेर बाघभन्दा अगाडी भाग्छुअर्को भन्यो:के त बाघ लाइ जित् न सक्छ्स?पहिलो ले भन्यो बाघलाइ किन जित् नु पय्यो,तलाइ जिते भै हाल्यो नि॥

****

भिखारी : हजुर ! एक रुपयाँ दिनुस्न । साहुजी : हैन तिमी यस्तो बलियो कुनै काम गरेर खाऊ न ! किन माग्दै हिँडछौ ? भीखारी : म त हजुरसँग पैसा पो माग्दैछु सल्लाह मागन आएको होइन नि ।

****

एक टुरिस्ट नेपाल धुम्न आएछ।उसले एक नेपाली गाईड रखेछ।उनिहरु रानी पोखरा हेर्न गएछनटुरिस्ट:यसलाई बनाउन कति बर्ष लाग्यो?
गाईड:२० बर्षटुरिस्ट तिमिहरु धेरै अल्छी हाम् देशमा त यो ५ बर्षमा बन्ने
फेरि धुम्दै उनिहरु घण्टा घर पुगेछन
टुरिस्ट: यसलाई बनाउन कति बर्ष लाग्यो?
...गाईड:१० बर्षटुरिस्ट :यसमा पनि अल्छी हाम्रो देशमा त २ बर्षमा बन्ने
अब उनिहरु धरहरामा पुगेछन
टुरिस्ट: यसलाई बनाउन कति बर्ष लाग्यो?
गाईड :थाहा छैन,हिजो सम्म त यो यहाँ थिएन

****

मल्लिकाले एक बाबालाई सोधेछिन्
बाबा म नहाउने बेलामा के लगाउ जसले गर्दा मेरो यौवन सधै सुरक्षित रहोस
बाबाले भने: ढोका

Rate This Article

Thanks for reading: नेपाली जोक्स अनी चुट्किला3, Stay tune to get latest Blogging Tips.

Getting Info...

About the Author

Article Writer, Storyteller, Blog Writer, Former Secondary Teacher | M.A. English, I.Sc./I.Ed.| Video Creator | Online Tutor
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.