रमनः -(आफ्नो शिक्षिकसंग) मिस, के
तपाईले मेरो मोबाइलमा फोन
गर्नुभएको थियो ?
शिशिकाः मैले? छैन त, तर किन ?
रमनः हिजो मैले
मेरो मोबाइलमा स्क्रीनमा हेर्दा मिस
कल लेखिएको थियो त्यही भएर।
...................................................................................................................................................................
*प्रेम विवाह*
रिताः विवाहभन्दा पहिला मैले तिमीलाई ठुलै बहादुर सम्झेकी थिए ।
रमनः तिमीसंग प्रेम विवाह गर्नु के बहादुरीको काम होइन त?
...................................................................................................................................................................
*सुन्दरता या समझदारी*
पत्नीले पतिसंग सोधिन्:- तपाईलाई मेरो के राम्रो लाग्छ- मेरो सुन्दरता कि समझदारी ?
‘मलाई त तिम्रो ठट्टा गर्ने
बांनी राम्रो लाग्छ’ पतिले जवाफ दियो ।
...................................................................................................................................................................
*वकिल र सुन्दर युवती*
एक जना वकिल आफ्नी श्रीमतिसंग गार्डनमा घुमिरहेका थिए ।
त्यही गार्डनमा एउटी सुन्दर
युवती हिडिरहेकी थिइन् । वकिलले हांसेर अभिवादन गरे।श्रीमतिले वकिलसंग
सोधिनः ती युवतीलाई
तिमी कसरी चिन्छौ?
वकिलले आफ्नो बचाउ गर्दै भन्योः एक
पटक कामको सिलसिलामा मेरो उनीसंग
भेट भएको थियो।
"आफ्नो पेसा कि उसको पेसाको सिलसिलामा ?"
वकिलकी श्रीमति चिच्याइन् ।
...................................................................................................................................................................
*किन ढिलो ?*
(अध्यापकले -विद्यार्थीसंग) "किन ढिला आयौ?"
(छात्र -अध्यापकसंग)
"वाइक बिग्रेर सर।"
अध्यापकः बसमा आउन सक्दैन थियौ त ?
छात्रः म त आउने थिएन सर!तर तपाईकी छोरी तयार थिइनन्!!!
...................................................................................................................................................................
*लोग्ने स्वास्नीको झगडा*
झगडाका बीच श्रीमान
बोल्योः'विवाहको पहिलो वर्ष तिमी मलाई चन्द्रमुखी लाग्यौ,दोस्रो वर्ष सुर्यमुखी अब त तिमी एकदम
ज्वालामुखी लागिरहेकी छौ।'
श्रीमतिले तत्काल जवाफ दिइन्:'र,तिमी पहिलो वर्ष मलाई प्राणनाथ
लाग्यौ, दोस्रो वर्ष मात्र नाथ र अब त
एकदम अनाथ लागिरहेका छौ । बुझ्यौ ?'
!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
Rate This Article
Thanks for reading: चुट्किलाहरु , Stay tune to get latest Blogging Tips.