Lets get connected in Instagram   And Please Subscribe!    My Youtube Channel

नयाँ आईफोन

बिश्वभरीनै बहुसंख्यक प्रयोगकर्ताको क्रयक्षमता बाहीरको कुरा भए पनि एप्पलका उत्पादनहरुले 'ग्याजेट मार्केट' लाई दिशा निर्देश गरी रहेको देखिन्छ किनभने आजकल धेरै मोबाईल उत्पादक कम्पनीहरु आईफोन जस्तो "देखीने" मात्र हैन "फिल" हुने गरीको मोबाईल उत्पादन गर्न लालयित देखीन्छन । टचस्क्रीन मोबाईल फोन यसैको गतिलो उदारण हो । सामसुङ्गले त एप्पलको आईपोड र आईप्याड जस्तै देखीने मोबाईल फोन र ट्याबलेट पिसी उत्पादन गरेको आरोपमा मुद्दा सम्म खेप्यो तर तिनै उत्पादनले उसलाई ग्याजेट मार्केटमा स्थापीत गराई दियो । आजकल बार्ह तेर्ह हजार पर्ने सामसुङ्गको एन्ड्रोईड फोन नियालेर हेर्नु भयो भने सानो आकारको टुजी, थ्रिजी सिरिजको आईफोनको झल्को दिन्छ ।

यसरी एप्पलका उत्पादनहरुले ग्याजेट मार्केटलाई नै एकहोर्याउनुको कारण चाँही यसको सिलिक्क परेको चित्ताकर्षक डिजाईन हो । आईफोन टुजी देखी अहिले आईफोन फोर एस सम्म आई पुग्दाँ यसको डिजाईन मा खासै ठुलो अन्तर देखा परेको छैन तर परिष्कृत र थोरै परिमार्जित भने छ ।

एप्पलले आफ्ना उत्पादन बजारमा ल्याईसके पछी पनि प्रयोगकर्ताबाट आउने फिडब्याक र समिक्षकहरुको आलोचनालाई पनि सम्बोधन गरेर त्यही सिरिजलाई परिष्कृत गरेर पुरक मोडल ल्याउने गरेको छ । आईफोन थ्रिजिएस र आईफोन फोर एस यसैको उदारण हो । उसो त आईफोन फोर पछी आईफोन फाईभ आउने हल्ला चलेको थियो तर एप्पलले आईफोन फोरमा देखीएको केही प्राबिधिक समस्यालाई सामाधार गर्दे केही हार्डवेयर अपग्रेड गरेर आईफोन फोरएस ल्यायो । अब आईफोन फाईब आउने कुरा छ । एप्पलले आधिकारीक रुपमा नयाँ उत्पादन सम्बन्धी जानकारि बाहीर नल्याए पनि उसको प्रत्येक कदम पछ्याई रहेका बिभिन्न टेक पण्डीतहरुले बिभिन्न स्रोतको आधारमा आफ्नो ब्लगमा बिभिन्न खाले जानकारी बाहीर ल्याएका छन । आउनुहोस बिभिन्न ब्लगरहरुले उनिहरुको स्रोतको आधारमा आईफोन फाईभ सम्बन्धी बाहीर ल्याएका जानकारीहरुबारे चर्चा गरौ ।

अपरेटिङ्ग सिष्टम : सन २०१२ को मध्यतिर एप्पलले आईओएस को नयाँ सस्करण ल्याउने बताईएको छ । आईफोन फाईभ चाही २०१२ को अन्त वा २०१३ को शुरुवातमा आउने अनुमान गरिएको छ त्यसैले आईफोन फाईभमा आईओएस फाईभको नयाँ संस्करण हुनेछ भन्ने पक्कापक्की गर्न सकिन्छ ।

गती : आईफोन फोर एस मै १. २ देखी १.५ गिगाहर्ज क्षमताको डुवलकोर प्रोसेसर र १ गिगाबाईटको र् याम हुनाले नयाँ फोनमा यो भन्दा उच्च गतीको कोर टु डुवो वा कोर आईथ्री क्षमता बराबरको प्रोसेशर रहने अनुमान गरीएको छ जस्को स्पीड अहिलेको भन्दा धेरै हुनेछ ।

क्यामरा : अहिले आईफोन फोर एस मा ८ मेगा पिक्सल को क्यामरा छ भने चलनचल्तीको एन्ड्रोईड स्मार्टफोनमा पनि ८ मेगा पिक्सल सम्मको क्यामरा पाउन सकिन्छ त्यसैले एप्पलको नयाँ फोनमा ८ मेगापिक्सल भन्दा बढीकै क्यामरा आउने कुरामा ढुक्क हुन सकिन्छ । तर पनि ब्याक र फ्रन्ट दुबै तिर बाट फोटो खिच्न मिल्ने क्यामरा नयाँ आईफोनको बिशेशता कदापी मानिने छैन किन भने थ्रिडी पिक्चर क्याप्चर गर्ने प्रबिधी को लाईसेन्स अधिग्रहणको लागी एप्पलले प्रक्रिया अगाडी जनाएको कुरा बाहीर छ त्यसैलेनयाँ आउने फोनमा थ्रिडी फोटो खिच्ने सम्बन्धी केही प्रबिधी होलान भन्ने अनुमान गर्न सकिन्छ ।

स्क्रीन : एप्पलले नयाँ फोनमा फोनको दायाँ बायाँ स्क्रीनको भाग नबढाएको भए पनि माथी क्यामरा भएको भाग तिर तल होम बटन भएको भाग तिर खुम्च्याई दिने छ त्यसैले स्क्रीनको साईज बढेर यसको डायनगोनल साईज नै कम्ती ३.७ ईन्च हुने अनुमान बताईएको छ । अहिले कै सेपमा स्क्रीन साईज बढ्दा फोनको अलि अनौठो चाही पक्कै देखीने छ ।

मोटाई : स्क्रीनको साईज बढ्ने हुनाले नयाँपन र प्रयोगकर्ताले त्यही मोटाईमा रहाँदा अनौठो नमानुन भनेर धेरैको अनुमानमा नयाँ आईफोन अझ पातलो हुनेछ ।

Rate This Article

Thanks for reading: नयाँ आईफोन, Stay tune to get latest Blogging Tips.

Getting Info...

About the Author

Article Writer, Storyteller, Blog Writer, Former Secondary Teacher | M.A. English, I.Sc./I.Ed.| Video Creator | Online Tutor

Post a Comment

तपाइँलाइ माथिको लेख कस्तो लाग्यो ? आफ्नो धारणा ब्यक्त गर्नुहोला !
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.