Lets get connected in Instagram   And Please Subscribe!    My Youtube Channel

फेसबुकमा राजेश हमाल फन्डा

फेसबुकमा राजेश हमाल फन्डा


त्रिरत्न मानन्धर लेख्छन् ः एकपटक राजेश दाइलाई गोमन सर्पले टोकेछ, दुर्भाग्यवश पाँच दिनको असीम पीडापछि सर्प मरेछ।

---

फुटबलर क्रिस्चियानो रोनाल्डोले राजेश दाइलाई भनेछन्, मैले एकपटक फुटबल हाने भनें, बल दुई मिनेटसम्म घुमिरहन्छ, दाइ फिस्स हाँसेछन् र भनेछन्, तिमीलाई थाहा छैन होला, अहिलेसम्म कसरी पृथ्वी घुमिरहेको छ भन्ने, यो मेरो एउटै प्रहारको करामत हो।

---

फिनिक थापा लेख्छन्, राजेश दाइ कहिल्यै क्रिकेट खेल्नुहुन्न। यसको मुख्य कारण हो, उहाँले बलिङ गरेको बल ब्याट्सम्यानलाई छल्दै कहाँ पुग्छ, कसैले थाहा पाउँदैनन्, त्यो कहिल्यै फकिर्ंदैन पनि।

---

मुकेश शर्मा पोस्ट गर्छन् ः कम्प्युटरमा रिप|mेस अप्सन किन राखेको थाहा छ ? किनभने कम्प्युटरमा रिप|mेस गर्दा राजेश हमाल रिप|mेस हुन्छन्।

---

सूदन तिम्सिना लेख्छन् ः सानोमा गोठालो जाँदा एउटा बोकाले अति दुःख दिएछ, रिसले चुर भएका राजेश दाइले त्यो बोकालाई घाँटीमा समाएर झुन्ड्याउनुभएछ, आज त्यो बोकाका सन्तानलाई विश्वले जिराफ भनेर चिन्छ।

---

प्रशान्त थपलिया लेख्छन्, 'राजेश हमाललाई घरमा फ्यान चलाउन प्रतिबन्ध लगाउनुपर्छ, उनको घरमा फ्यान चल्दा बाहिर सधै विशाल हावाहुरी चल्छ।'

---

कमल रेग्मी लेख्छन् ः भगवान् राम र रावण लडाइँ भैरहेको थियो, त्यही बेला रावणले रामको पछाडि कुनै व्यक्ति उभिरहेको देख्यो। अदृश्य शक्तिको प्रतिमूर्ति त्यो व्यक्तिको सहयोगमा रामले युद्ध गरिरहेको थाहा पाएपछि रावणले अचम्मसँग

भन्यो ः 'ल ल भो छोडुम लड्न, म गएँ, तैंले जितिस्।' राम भगवानले छक्क पर्दै भने तर अचानक

किन ? रावणले भन्न चाहेन, होइन, होइन बाइ भन्यो, केचाहिँ भएछ भनेर भगवान् रामले फेरि भने, तर भयो चाहिँ के रावण ? रावणले भन्यो, झेली, हामी दुईको युद्धमा तैंले राजेश दाइको सहयोग माग्ने यार ?

---

सन्तोष श्रेष्ठ लेख्छन् ः सन् २०१२ लाई किन विध्वंसको वर्ष मानिएको हो, थाहा छ ? किनभने राजेश हमाल सन् २०१२ मा हिपहप डान्स गर्दैछन्।

---

विष्णु मरासिनी लेख्छन् ः राजेश हमालका दुस्मनहरू कहिल्लै पनि डेन्टिस्टकहाँ जाँदैनन्, किनभने राजेश दाइले आफ्ना सबै दुस्मनका दाँत झारिदिएका छन् अनि राजेश दाइलाई धोका दिने युवतीहरूको कपाल रहँदैन, त्यही भएर बि्रटनी स्पेयर्सको कपाल नै छैन।

---

मनोरञ्जन मल्ल ठकुरी लेख्छन् ः राणाहरूले सत्ता छोड्नुको कारण राजेश हमाल उनीहरूको वंशनाशका निम्ति जन्मिँदैछन् भन्ने आकाशवाणी भएर हो !

---

विनित तुलाचन लेख्छन् ः राजेश हमालजीले फू गरेर क्यान्डल बाल्दिनुहुन्छ। तुलाचन लेख्छन् ः राजेश हमालको लाइसेन्स कहिल्यै देख्नुभएको छ ? राजेश हमालको लाइसेन्समा साइकल, मोटरसाइकल, कार, हर्स, प्लेन र युएफओ चलाउन पाउने इजाजत छ अनि राजेश हमालको जन्मस्थान जुपिटर अर्थात् बृहस्पति ग्रह र ब्लड ग्रुप सी पोजेटिभ लेखिएको छ।'

---

सञ्जय कुँवर लेख्छन् ः राजेश हमाल धेरै सहन सक्छन्, त्यही भएर सायदै रुन्छन्। एकपटक विदेशमा हुँदा उनी पाइन्टको जिपर बिगि्रएर यति रोए, यति रोए कि उनले रुँदा झरेका आँसु मिलेर समुद्र नै बनेछ, जसलाई हामी अहिले प्रशान्त महासागरको नामले चिन्छौं। मेरो विनम्र अनुरोध, यो फ्यान पेजका युजरहरूलाई छ, उनको वालमा राजेश हमाललाई चित्त दुख्ने कुरा नलेख्नुहोला, यदि उनी फेरि रोए भने छेउछोउका देश मात्र होइन, हाम्रो देश पनि नरहेर समुन्द्र बन्न सक्छ। साउथ एसियाका सबै देश डुब्नेछन्।

---

मनोरञ्जन मल्ल ठकुरी लेख्छन्- राजेश हमाल हरेक सामान किन्दा एक-एक जाँचेर मात्र किन्छन्, सलाई किन्ने क्रममा पनि उनी हरेक काँटी बल्छ कि बल्दैन चेक गरेर मात्र किन्छन्। नक्कलीदेखि सावधान भन्ने कुरा उनलाई राम्रोसँग थाहा छ।

---

कपिलराज रेग्मी लेख्छन्- राजेश हमालले मोबाइल फोन बोक्दैनन् रे, एनटिसीको विशेष अनुरोधका कारण, किनभने दाइले फोनमा हेल्लो भन्दा आवाज ठूलो भएर एनटिसीको सर्भर नै त्रmयास हुने डर छ। पहिले पनि त्यही कारणले एनटीसीको ठूलो सर्भर त्रmयास भैसकेको छ।

Rate This Article

Thanks for reading: फेसबुकमा राजेश हमाल फन्डा, Stay tune to get latest Blogging Tips.

Getting Info...

About the Author

Article Writer, Storyteller, Blog Writer, Former Secondary Teacher | M.A. English, I.Sc./I.Ed.| Video Creator | Online Tutor
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.