सामान्यतया लेखहरू राखिने ब्लगहरू प्रचलित भए पनि ब्लगहरू अन्य विभिन्न प्रकारका हुने गर्दछन्। भिडियो सम्बन्धित ब्लग लाई भि-लग भन्ने गरिन्छ। त्यस्तै फोटोहरू राखिने फोटो-ब्लगहरू पनि प्रचलित छन्। अचेल मोबाइलबाट पनि ब्लग गर्ने प्रबिधिको बिकास भैसकेको छ, त्यस्ता ब्लगलाई मोब्लग भन्ने गरिन्छ। विषयवस्तुको हिसाबले पनि बिभिन्न प्रकारका ब्लगहरु हुने गर्दछन्, जस्तै राजनैतिक ब्लग, ट्राभल ब्लग, फेसन ब्लग, आदि। यी सबै ब्लगहरू खोज्न टेक्नोरति नामक सर्च इन्जिनको पनि बिकास गरिएको छ।
ब्लगको यति जानकारी पछि ब्लग लेख्न कसरी सुरु गर्ने भन्नेतिर लागौ। ब्लग लेख्न सुरु गर्नु भन्दा पहिले आफु कुन विषयवस्तुमा ब्लग लेख्ने भन्ने बारे निर्णय गर्नु राम्रो हुन्छ। कसैले ब्लग लेख्दा आफ्नो दिमागमा जे आयो त्यही लेख्ने गर्छन। कसैले कुनै निश्चित बिषयमा ब्लग लेख्ने गर्छन। धेरैले कुनै निश्चित विषयमा लेख्ने गरे पनि बेला बेलामा विषय परिवर्तन गर्ने गर्छन्। ब्लग इन्टरनेटमा सबैले पढ्न मिल्ने गरि राखिने हुनाले आफुलाई जे मन लाग्यो त्यहि लेख्नु भन्दा कुनै विषयवस्तुमा लेख्नु नै उचित मानिन्छ।
के को बारेमा ब्लग लेख्ने भन्ने कुरा निश्चित गरेपछि कहाँ लेख्ने भन्ने प्रश्न आउँछ। ब्लग लेख्न दुई तरिकाहरू अपनाउन सकिन्छ। यदि तपाइको आफ्नै वेबसाइट छ भने, त्यसैमा ब्लग लेख्ने सफ्टवेयर राखेर ब्लग सुरु गर्न सकिन्छ। WordPress, Movable Type र Typo जस्ता ब्लग लेख्न प्रयोग गरिने सफ्टवेयर इन्टरनेटमा सित्तैमा डाउनलोड गरि प्रयोग गर्न पाइन्छ। तर सबैको आफ्नै वेबसाइटह नहुन सक्छ, यस्तो अवस्थामा इन्टरनेटमा रहेका Blogger वा WordPress जस्ता साइटहरूमा गएर आफ्नो ब्लग सुरु गर्न सकिन्छ। यी वेबसाइटहरूमा सित्तैमा आफ्नो ब्लग साइट निर्माण गर्न सकिन्छ।
यी ब्लग साइटहरु मध्ये WordPress सजिलो तथा निकै प्रख्यात पनि छ। WordPress मा आफ्नो ब्लग सुरु गर्नका निम्ति सुरुमा एउटा account खोल्नु पर्दछ। यसरी नयाँ account सुरु गर्दा तपाइले आफ्नो ब्लगको शिर्षक पनि दिनु पर्ने हुन्छ। Account बनिसकेपछि तपाइले ब्लग लेख्न सुरु गर्न सक्नु हुन्छ। त्यस्तै अर्को ब्लग साइट Blogger पनि अचेल निकै प्रचलित हुदै गइरहेको छ। Blogger को फाइदा के छ भने यसमा ब्लग लेख्नको लागि यदि तपाइसंग Gmail ठेगाना छ भने त्यसैको प्रयोग गर्न सक्नु हुन्छ।
ब्लग सबैका लागि पढ्न खुला हुने हुनाले निम्न कुराहरुमा बिशेष ध्यान पुर्याउनु पर्दछ।
- ब्लगमा अन्य व्यक्तिको इमेल ठेगाना देखाउने गरि राख्नु हुदैन
- लेखिएका कुराहरुको स्रोत स्पष्ट रुपमा खुलाउनु पर्दछ।
- ब्लगमा सकेसम्म नम्र भाषा प्रयोग गर्नु राम्रो हुन्छ।
- लेखाइ सकेसम्म स्पष्ट हुनु राम्रो हुन्छ।
- एकपटक लेखिसकेको ब्लगलाइ पटकपटक सच्याउनु हुदैन।
ब्लग अहिले आफ्नो आवाज सर्वसाधारण पुर्याउन सबै भन्दा छिटो तथा सशक्त माध्यम भएको छ। आफुलाई लागेको कुरा पत्रिकाहरूमा छपाउने तथा त्यसको प्रतिक्रिया पर्खने लामो प्रक्रियाबाट ब्लगको माध्यमद्वारा मुक्त हुन सकिन्छ। ब्लगको अझ रमाइलो कुरा के छ भने आफुले लेखेको ब्लगको प्रतिक्रिया तुरुन्तै प्राप्त हुने गर्दछ। अझ धेरैले Google Adsense जस्ता अनलाइन विज्ञापन आफ्नो ब्लगमा प्रकाशित गरेर आम्दानी पनि गर्ने गर्दछन्। यति धेरै रमाइलो ब्लगिङ्गको दुनियामा आजै किन नछिर्ने त?
साभार श्रोत: लिभिंग विथ आइसीटी
Rate This Article
Thanks for reading: ब्लग कसरी सुरु गर्ने , Stay tune to get latest Blogging Tips.