Lets get connected in Instagram   And Please Subscribe!    My Youtube Channel

अनलाइन भण्डारण

डेटा नष्ट हुने सम्भावित दुर्घटनाबाट जोगिन, फाइल सेयर गर्न र कतिपय अवस्थामा फाइलको सिन्क्रोनाइजेसनका लागि पनि 'अनलाइन भण्डारण' उपयोगी हुन्छ । वेबको संसारमा थुप्रै यस्ता साइट छन्, जहाँ निःशुल्क भण्डार गर्ने सुविधा उपलब्ध छ । त्यस्ता साइटको प्रयोगबाट कम्प्युटर प्रयोगकर्ताले ठूलो लाभ लिन सक्छन् । प्रस्तुत छ यस्तै केही साइट :


स्काइड्राइभलाई 'माइक्रोसˆट स्काइड्राइभ' वा 'विन्डोज लाइभ स्काइड्राइभ' पनि भनिन्छ । 'स्काइड्राइभ' ले व्यक्तिगत भण्डारण हो भने २५ गिगाबाइटसम्मको निःशुल्क भण्डारण सुविधा उपलब्ध गराउँछ । यसरी भण्डारण गरिने फाइल साइज भने बढीमा एक सय मेगाबाइट हुनुपर्दछ । स्काइड्राइभमा भण्डारण गरिएको सामग्री इन्टरनेट सुविधा भएको कुनै पनि कम्प्युटरबाट हेर्न सकिन्छ । यसका डकुमेन्ट तथा तस्बिरलाई साथीसँग सेयर गर्न पनि सकिन्छ ।


निःशुल्क भण्डारण सुविधा उपलब्ध गराइरहेका वेबसाइटमध्ये एक हो 'फर सेयर्ड'। यसले १८० दिनसम्मका लागि १० गिगाबाइट भण्डारण सुविधा उपलब्ध गराउँछ । यो साइटमा अपलोड गर्न सकिने फाइलको अधिकतम साइज हो दुई गिगाबाइट । सर्च, फाइल ट्रान्सफर एन्ड म्यानेज, विन्डो स्टाइलका मेनु र टुलबार, विन्डोज, लिनक्स र म्याक्मा काम गर्नसक्ने, फोल्डरलाई पासवर्डबाट सुरक्षित गर्न सकिने आदि यसका विशेषता रहेका छन्. । डकुमेन्ट फाइल ९मयअ, तहत, उमा, चता, हकि०, म्युजिक फाइल (mउघ, यनन, धबख, mष्म०, भिडियो फाइल ९बखष्, mउन, mउभन० तथा इमेज फाइल ९वउन, नष, bmउ, उलन० भण्डारण गर्न सकिन्छ ।

प्रयोगकर्ताको सङ्ख्या अढाइ करोडभन्दा अधिक रहेको 'फर शेयर्ड' को पि्रमियम प्लान पनि छ । पि्रमियम प्लानअन्तर्गत वाषिर्क ७७.९५ अमेरिकी डलर भुक्तान गरेर एक सय गिगाबाइटसम्म भण्डारण गर्न सकिन्छ ।


'ए ड्राइभ'ले ५० गिगाबाइटसम्मको सामग्री भण्डारण तथा ब्याकअप सुविधा उपलब्ध गराउँदछ । सबै प्रकारका फाइल भण्डारण तथा ब्याकअप गर्न सकिन्छ । 'ए ड्राइभ' को 'बेसिक प्लान' अन्तर्गत उपलब्ध गराइएको यो सुविधा भने व्यक्तिगत प्रयोगका लागि मात्र हो । 'बेसिक प्लान' अन्तर्गत विश्वको कुनै कुनाबाट पनि पहुँच, फाइल सेयरिङ, फोल्डर/डाइरेक्टरी अपलोड, इजी सर्च टुल, इन्टरनेसनल क्यारेक्टर सपोर्ट जस्ता सुविधा उपलब्ध गराइएका छन् । व्यापारिक प्रयोजनका लागि 'सिग्नेचर' र 'पि्रमियम' प्लान रहेका छन् । यसका लागि प्रयोगको प्रकृति अनुसार निश्चित शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ ।




'सिएक्स' क्लाउड स्टोरेज तथा फाइल म्यानेजमेन्ट सिस्टम हो । यसले डकुमेन्ट, फोटो, म्युजिक तथा भिडियोलाई सुरक्षित र स्थिर ब्याकअप, सिन्क्रोनाइज, शेयर आदिको सुविधा प्रदान गर्दछ । 'सीएक्स'ले १० गिगाबाइटसम्म निःशुल्क भण्डारणको सुविधा प्रदान गर्दछ । साथीलाई यसबारे जानकारी दिएर आˆनो भण्डारण क्षमतालाई १६ गिगाबाइटसम्म बढाउन सकिने सुविधा पनि यसले दिएको छ । बढी भण्डारण क्षमता आवश्यक निश्चित शुल्क तिरेर सुविधा हासिल गर्न सकिन्छ ।




ड्राइभ हेडक्वार्टरको 'ड्राइभ एचक्यु'ले एक गिगाबाइटसम्मको निःशुल्क भण्डारण सुविधा उपलब्ध गराउँदछ । यसको अधिकतम फाइल साइज असीमित छ अर्थात् एक गिगाबाइटसम्म । निःशुल्कका अतिरिक्त यसका सातवटा प्लान सशुल्क रहेका छन् ।




मोजी दुई मेगावाइटसम्मको निःशुल्क भण्डारण सुविधा उपलब्ध गराउने अर्को साइट हो । पीसी वा म्याक्कमा काम गर्ने मोजी पनि सुरक्षित र प्रभावकारी ब्याकअप सेवा हो । यो खासगरी व्यवसायिका लागि लक्ष्यित भए पनि यसले घरेलु प्रयोगकर्तालाई दुई गिगाबाइटसम्मको स्थान निःशुल्क उपलब्ध गराउँदछ । त्यसपछि भने स्थानको आधारमा शुल्क लगाउने गर्दछ । निःशुल्कवाला मोजीहोम पि|mका अतिरिक्त यसका सशुल्कवाला मोजीहोम र मोजीप्रो सञ्चालनमा छन् ।




'ड्रपबक्स'मा गएर यससम्बन्धी सˆटवेयर डाउनलोड गर्न सकिन्छ । यसको सहायताबाट तस्बिर, डकुमेन्ट तथा भिडियोहरू कतैबाट पनि प्राप्त गर्न सकिन्छ । अर्थात् ड्रपबक्समा 'सेभ' गरिएको फाइल कम्प्युटर, फोन र ड्रपबक्स वेबसाइटमा भण्डारण हुनपुग्छ । यसमा राखिएका सामग्रीलाई आˆना परिचितसँग शेयर गर्न सकिन्छ । परिचित व्यक्तिलाई 'ड्रपबक्स' को लिङ्क पठाउन सकिन्छ ।

'ड्रप बक्स'को घोषित उद्देश्य हो विश्वमा फैलिएको मानिसको जीवनलाई सुगम बनाउनु । 'ड्रपबक्स' मा विश्वका कुनै कुनाबाट डकुमेन्ट, तस्बिर तथा भिडियो अपलोड गर्न सकिन्छ र सजिलै सेयर पनि गर्न सकिन्छ । कम्पनीकेा दाबी छ, विश्वका १७५ मुलुकमा यसका चार करोडभन्दा बढी प्रयोगकर्ता छन् । प्रत्येक तीन दिनमा एक अर्बको हाराहारीमा डकुमेन्टको भण्डारण ड्रपबक्समा गरिन्छ ।

'ड्रपबक्स' ले दुई गिगाबाइटसम्म सामग्री निःशुल्क भण्डारण गर्ने सुविधा प्रदान गर्दछ । निश्चित शुल्क तिरेर दुईभन्दा माथि एक सय गिगाबाइटसम्म भण्डारण गर्न सकिन्छ । विन्डोज, म्याक्, लिनक्स, आइप्याड, आइफोन, एन्ड्रवाइड तथा ब्ल्याकबेरी प्रयोगकर्ताले यसलाई प्रयोगमा ल्याउन सक्छन् ।


'माइअदरड्राइभ' निःशुल्क भण्डारण सुविधा उपलब्ध गराउने अर्को वेबसाइट हो । यसले भण्डारणका साथै निश्चित समूहलाई सेयरिङको सुविधा पनि प्रदान गर्दछ । यो साइटमा फोटो एल्बम र अन्य सोसल नेटवर्किङ प्रोफाइलसँग लिङ्क गर्ने सुविधा पनि छ । विन्डोज, म्याक् र लिनक्स तीनवटैमा काम गर्ने माइअदरड्राइभको निःशुल्क भण्डारण सुविधा दुई गिगाबाइट रहेको छ । त्यसभन्दा बढीको भण्डारण सुविधा आवश्यक परेमा निश्चित शुल्क तिर्नुपर्दछ ।

वेबमा आधारित इमेल सेवा

'हटमेल', 'जीमेल', 'याहुमेल' जस्ता वेबमा आधारित इमेललाई पनि धेरथोर अनलाइन भण्डारका लागि प्रयोगमा ल्याउन सकिन्छ । अनलाइन भण्डारण सुविधा उपलब्ध गराइरहेका वेबसाइटले जस्तै विविध सुविधा इमेल सेवा उपलब्ध गराउन नसके पनि डकुमेन्ट, फोटो भण्डारण गर्न सकिन्छ ।

Rate This Article

Thanks for reading: अनलाइन भण्डारण, Stay tune to get latest Blogging Tips.

Getting Info...

About the Author

Article Writer, Storyteller, Blog Writer, Former Secondary Teacher | M.A. English, I.Sc./I.Ed.| Video Creator | Online Tutor
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.