Lets get connected in Instagram   And Please Subscribe!    My Youtube Channel

कम्प्युटर जगतमा देखिएको प्रथम भाइरस

सन् १९८६ मा कम्प्युटर जगतमा प्रथम पटक भाइरस देखा परेको थियो । दिमाग अथवा ब्रेन नामाकरण गरिएको उक्त कम्प्युटर भाइरसले फ्लपी डिस्क मार्फत आफ्नो आक्रामक यात्रा तय गर्ने भएकोले त्यतिबेला उक्त भाइरसले जति तहल्का मच्चाएको थियो त्यति मात्रामा आफ्नो प्रभुत्व जमाउन भने असफल भएका थिए ।

200px-Brain-virusबुट सेक्टर भाइरस भएकैले प्रभावित फ्लपि डिस्कमा लुकेर बस्ने र उक्त डिस्क अर्को कुनै पनि नयाँ कम्प्युटरमा राख्दा पनि त्यसले तत्कालै आफ्नो उपस्थिति जनाउने गर्दथ्यो । हाल लुप्त भैसकेको यो भाइरस पहिलो कम्प्युटर भइरस भएर पनि अहिलेका कम्प्युटर भाइरस जस्ता अति नै हानिकारक तथा विकार सिर्जना गर्ने खालको भने थिएन ।

सन् १९८६, जनवरीमा पहिलो पटक देखा परेको यो भाइरस पाकिस्तानको एउटा सफ्टवेयरको सुरक्षाको लागि निर्माण गरेको हुन सक्ने अनुमान गरिएता पनि अझै सम्म यसको उद्‌गम स्थलको बारेमा पूर्ण रुपले स्पष्ट हुन सकिएको छैन । सन् १९८४ मा अमेरिकी कम्प्युटर वैज्ञानिक फ्रेड कोहेन ले कम्प्युटरलाई गलत आदेश दिन सक्षम तत्वलाई कम्पुटर भाइरस नामाकरण गरेका थिए । यसको २ वर्ष नबित्दै सन् १९८६ मा यस ब्रेन भाइरसको निर्माण भएको थियो ।

इन्टरनेटको विकाससँगै हालसम्म यस्ता विभिन्न भाइरसहरुले आफ्नो गति अति नै तिब्र बनाएका छन् र आफ्नो प्रभावलाई शक्तिशाली तुल्याइएका छन् । जसका कारण भर्खरै चलाउँदै गरेको कम्प्युटरको अपरेटिङ सिस्टम नै पुन:प्रतिस्थापन गर्नुपर्ने गरी आफ्नो हानीकारक प्रभाव देखाउन पछि परेका छैनन् ।

Rate This Article

Thanks for reading: कम्प्युटर जगतमा देखिएको प्रथम भाइरस , Stay tune to get latest Blogging Tips.

Getting Info...

About the Author

Article Writer, Storyteller, Blog Writer, Former Secondary Teacher | M.A. English, I.Sc./I.Ed.| Video Creator | Online Tutor
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.