भाग्य र भगवान दुख परेको वेला पुकारिन्छ \ चासो राखिन्छ भन्छन साच्चै नै त्यसै होला ।
कुरा के पर्यो भने केही दिन देखी मेरो मन ज्यतिष विध्या प्रति आशक्त भएर लागेको छ । खासमा मेरो मन लागेको छ भन्नुको मतलब के हो भने गर्नु पर्ने काम थुप्रै भए पनि सब काम छोडेर यस सम्बन्धी ज्ञान हासील गर्ने ईच्छा जागेको छ । सुरुमा यस सम्बन्धि रत्तिभर पनि ज्ञान नहुदा के हो के हो भन्ने भा थियो तर विस्तारै बुझ्दै जादाँ रमाईलो लाग्यो ।
(आफु जन्मेको समय माथी दिाएको चार्ट अनुसार पहिले मिनेटमा निकालेर घण्टामा (उल्लेख गरे अनुसार) लान सकिन्छ ।)
अल्प ज्ञानम भयङ्करम भन्छन तर पनि ब्यक्तीगत रुपमा अहिले सम्मको बुझाईमा मेरो चिना (Birth Chart) नै गतल रहेछ । घरमा सबै जना म साँझमा जन्मेको भन्नु हुन्छ तर मेरो चिना अनुसार मेरो जन्म विहान भएको देखिन्छ । ज्योतिषले बनाएको चिना बाट आफु जन्मेको समय थाहा पाउन (मैले) धेरै कसरत गर्नु पर्यो । ज्योतिषहरुले जन्मेको समयलाई घटिका र पलाको रुपमा ब्यक्त गर्दा रहेछन र प्रत्येक दुई घण्टामा ग्रहको स्थान परिवर्तन हुनाले आफु जन्मेको समय पक्का नभईकन आफ्नो भविष्यको बारेमा सही ज्ञान पाउन नसकिने रहेछ । खासमा २४ पलाको १ घटिका र प्रत्येक २४ मिनेटको १ घटिका हुने रहेछ । ज्योतिषले घटिका गणना गर्दा सुर्योदय पश्चातको समयलाई गणना गर्दा रहेछन । मानै विहान ७ बजे सुर्योदयो हुने समयमा कुनै मानिस ७ बजेर २४ मिनेटमा जन्मियो भने उसको जन्म कुण्डलीमा जन्म समय १ घटिका भनिदो रहेछ ।
आफ्नो कुण्डली आफै बनाउ
www.astrobix.com : यस साईटवाट बिना कुनै ज्योतिष ज्ञान आफ्नो कुण्डली आफै बनाउ सकिने रहेछ । तर यसो गर्नको लागी कम्तिमा आफु जन्मेको समय र स्थानको वारेमा पक्का ज्ञान हुनु पर्ने रहेछ । आफु जन्मेको स्थानको नाम भन्दा पनि त्यस ठाँउको अक्षाश र देशान्तर चाहिने रहेछ । (जसलाई मैले गुगलमा सर्च गरेर प्राप्त गरेको थिए ) । सुर्योदय कहिले विहान ५ बजे र कहिले ७ बजे पनि हुनाले जन्मेको दिनको सुर्योदय समय अर्को साईटमा पाउन सकिन्छ (यसमा पनि अक्षाश र देशान्तर चाहिन्छ ।)। अव यस लिङ्कमा गएर सवै कुरा राख्ने बित्तिकै जन्म कुण्डली तयार हुन्छ ( मेरो केशमा चाँही हाम्रो ज्योतिशले बनाएको सँग ठ्याक्कै मिल्यो । मेरो मात्र हैन मेरो परिवारको सवैको कुण्डली यस साईट बाट बन्ने कुण्डली सँग मेल खायो । तपाँई पनि तपाँईको ज्योतिषले बनाएको कुण्डलीलाई यस साईट बाट बन्ने कुण्डली सँग भिडाउन सक्नु हुन्छ । ठ्याक्कै मिलेन भने म सँग सेयर गर्नु होला । म त अच्चकाली विश्वासमा परेको छु । )
साभार श्रोत : साइबर चौतारी
Rate This Article
Thanks for reading: ई ज्योतिषी , Stay tune to get latest Blogging Tips.