
जेन्युन होस वा पाईरेटेड यदी तपाईको कम्प्युटरमा विन्डोज ८ ईन्सटल हुन्छ भने यसले अहिले सम्मको तपाईको "अपरेटिङ्ग सिस्टम एक्सपेरियन्स” लाई नयाँ उचाइ दिने छ । साधरणतय यदी तपाईको कम्प्युटरमा विन्डोज सेभेन ओएस ईन्सटल गर्न भएको छ वा गर्न सकिन्छ भने त्यसमा विन्डोज ८ ईन्सटल गर्न सक्नु हुन्छ । तपाईले खरिद गर्दा विन्डोज भिस्टा र एक्सपी भएको कम्प्यूटरमा अहिले विन्डोज ७ ईन्सटल गर्नु भएको छ भने त्यसमा पनि सजिलैसँग विन्डोज ८ अपग्रेड गर्न सकिन्छ। अझ भनौ तपाईको कम्प्यूटरमा ३२ विट संस्करणको प्रोसेसरमा छ भने कम्तिमा एक जीवीको र्याम, एक जीवीको प्रोसेसर, डाइरेक्ट ९ एक्स ग्रफिक्स कार्ड र १६ जीवी हार्ड डिस्क स्पेश छ भने मज्जाले विन्डोज ८ ईन्सटल गर्न सक्नुहुन्छ । त्यस्तै तपाईको सिस्टममा ६४ विट संस्करणको प्रसेसर छ भने विन्डोज ८ ईन्सटल गर्नको लागी कम्तीमा २ जीवी र्याम र २० जीवी हार्ड डिस्क स्पेश आवश्यकता पर्दछ ।
विन्डोज ओएसको पछिल्ला संस्करणको बिकास प्रकृया बिपरित पहिलो पटक विल गेट्सको कम्पनीले आफ्नो अपरेटिङ्ग सिस्टमको इन्टरफेसमा निकै ठुलो परिवर्तन गरेको छ । परम्परागत स्टार्ट मेनुको सट्टामा टाइल जस्तै देखिने फरक किसीमको मेनु भएकाले अहिलेको परिवर्तनि कम्प्यूटिङ्ग वातावरणमा सुहाँउदो हुने कम्पनीको दावी छ। यसमा टचस्क्रीन विशेषता भएकाले आधुनिक ट्यावलेट तथा ल्यावटपमा आएका हाइव्रिड विशेषतालाई पनि सपोर्ट गर्न सक्ने प्रविधि समावेस गरिएको छ। माईक्रोसफ्टवाला हरुको भनाईमा यो पहिलेका ओएसभन्दा फाष्ट छ । यसले यूएसबी ३ दशमलव ९ डिभाइसलाई पनि सपोर्ट गर्छ । त्यस्तै पछिल्ला ओएसमा भएका भन्दा एकदमै फरक कुरा भनेको यस ओएसमा ईन्ट्रीगेटेड विन्डोज एप स्टोर पनि हो । एप स्टोरमा गएर तपाई स्काईप, फेसबुक देखी स्टीकी नोट सम्मका अत्यावश्यक डेक्सटप क्लाईन्ट सफ्टवेयर निशुल्क डाउनलोड गर्न सक्नु हुन्छ । विन्डोज स्टोरमा विन्डोज ८ सँग कम्प्याटिबल हुने अन्य शशुल्क सफ्टवेयर पनि पाउनुहुन्छ तर तपाईहामी सँग अनलाईन पेमेन्ट गर्ने सुबिधा नभएको हुनाले त्यहाँ बाट डाउनलोड गरी चलाउन सम्भव छैन । विन्डोज ८ ईन्सटल गरी सकेपछी तपाईले माईक्रोसफ्ट एकाउण्टको थप मज्जा पाउनु हुनेछ । टाईल डेक्सटप मै ईमेल लग ईन गर्ने देखी स्काईड्राईभ लगअन गरी अनलाईन डाटा एक्सेस गर्ने सुबिधा पाउनु हुनेछ । विन्डोज ८ निर्माण नै यसरी गरीएको छ कि ईन्ट्रीगेटेड सिस्टम बाट अनलाईन डाटा एक्सेस गरी रहेको बेला पनि तपाईलाई अनलाईन छु जस्तो लाग्दैन ।
भिडिओ हेर्नुहोस :
Rate This Article
Thanks for reading: विन्डोज ८ , Stay tune to get latest Blogging Tips.