![]() |
यस्तो पनि हुन्छ |
कुकुरले सामान्यतः बिरालोलाई लखेट्ने भए पनि देख्नेबित्तिकै लखेट्छ भन्ने धेरैको धारणा गलत हो । कुकुर र बिरालोलाई परम्परागत शत्रु मानिन्छ । 'कुकुर-बिरालोको झगडा' भन्ने उखान त नेपालीहरूमाझ प्रख्यात नै छ । झट्ट हेर्दा यस्तो लाग्छ कि कुकुरले बिनाकारण आफ्नै काममा मस्त बिरालोलाई लखेट्छ । तर यसमा पनि वैज्ञानिक रहस्य लुकेका छ । र, यो वैज्ञानिक रहस्य जीवको क्रमविकाससँग सम्बन्धित छ ।
कुकुर प्राकृतिक रूपमा शिकारी जीव हो । 10 हजार वर्षभन्दा पहिले मानवसमाजले यसलाई घरपालुवा बनाउनुभन्दा अगाडि कुकुर शिकार गर्थ्यो । प्राकृतिक रूपमा प्राप्त हुने शिकार गर्ने कलाको प्रयोग गरेर सामुहिक रूपमा शिकार गर्ने कुकुर सफल शिकारी थियो । शिकार गर्ने प्राकृतिक रूपमा प्राप्त कलाहरूमध्ये कुनै वस्तु वा जीवको चालद्धारा उत्तेजित हुने व्यवहार पनि एक हो । त्यसैले कुकुर बिनाकारण बिरालोमाथि जाइलाग्ने नभई बिरालोको चालले उसलाई उत्तेजित पार्नाले हो ।
तपाईले कुकुरलाई देखाएर कुनै खेलौना पर फाल्नुभयो भने त्यस खेलौनाको चालले गर्दा उत्तेजित भई त्यसलाई शिकारको रूपमा लिएर त्यो खेलौनालाई 'मार्न' खोज्छ किनभने कुकुरले प्रकृतिबाटै चालबाट उत्तेजित हुने व्यवहार सिकेको हुन्छ । त्यसैले बिरालो आफ्नै काममा मस्त भई यताउता गरिरहँदा कुकुरको ध्यान उसप्रति आकर्षित हुन्छ र बिरालोको चालले उसलाई उत्तेजित तुल्याउँछ ।
Rate This Article
Thanks for reading: कुकुरले बिरालोलाई किन लखेट्छ ?, Stay tune to get latest Blogging Tips.