Lets get connected in Instagram   And Please Subscribe!    My Youtube Channel

मानव मुटु एक मिनेटमा ७२ पल्टमात्रै किन धड्किन्छ ? किन त्यो भन्दा घटी या बढी धड्कदैन ?


मानव मुटु संरचनागत हिसाबले एक ज्यादै सम्बेदनशील र ज्यादै महत्वपूर्ण अंग हो । मानव मुटु दुई फोक्सोहरूको बीचमा बायाँतिर रहेको हुन्छ । कार्डीयक मसलले बनेको मुटुको मुख्य कार्य भनेको अशुद्ध(Deoxygenated) रगतलाई शुद्ध(Oxygenated) बनाएर पम्पिङ्ग गरी शरीरका सम्पूर्ण भागमा पुर्याउनु हो ।मुटुमा रहेका ४ वटा कोष्ठक : दायाँ अरिकल,दायाँ भेन्ट्रीकल,बायाँ अरिकल र बायाँ भेन्ट्रीकलहरूले रगत जम्मा गर्ने र प्रवाह गर्नमा महत्वपूर्ण भुमिका खेल्ने गर्छन् ।

कसरी काम गर्छ मुटु ?

जब शरीरका बिभिन्न भागमा रहेका कोषहरूको माइटोकोन्ड्रियाले मेटावोलिक एक्टिभिटीमार्फत शक्ति उत्सर्जन गर्दा निस्कने कार्बनडाईअक्साइड ग्याँस मिसिएको अशुद्ध रगत सुपेरियर र इन्फेरियर भेनाकाभा मार्फत मुटुको दायाँ अरिकलमा जम्मा हुन्छ तब उक्त रगत Right Atrium Ventricular Aperture को बाटो हुदैं दायाँ भेन्ट्रीकलमा जम्मा हुन्छ । त्यसपछि Ventricular Wall खुम्चिन्छ र Release हुन्छ । यसरी रिलिज हुदाँ त्यहाँ जम्मा भएको रगत
Pulmonery Artery को बाटो हुदैं फोक्सोका दुवै Chambers मा पुग्छ । त्यहाँ हामीले लिएको श्वासबाट प्राप्त अक्सीजन उक्त Deoxygenated रगतमा भएको CO2 सँग Exchange हुन्छ । अब त्यो Oxygenated रगत Pulmonery Veins को बाटो हुँदैं पुनः मुटुको बायाँ अरिकलमा जम्मा हुन्छ । र Left Atrium Ventricular Aperture को बाटो हुदैं बायाँ भेन्ट्रीकलमा जम्मा हुन्छ । त्यसपछि पम्पिङ्ग भई Aotra हुदैं शरीरभरी नै फैलन्छ । यसरी नै रगत शुद्धिकरण तथा प्रवाहको प्रक्रिया मृत्युपर्यन्त जारी रहन्छ ।

अब लागौं मुख्य प्रसंग तिरः यसरी रगत एकपल्ट पम्प भइ अर्को पटक पम्प हुदाँको बीचको जम्मा समयलाई Cardiac Cycle भनिन्छ ।एउटा स्वस्थ बयस्कको मुटुमा आराम गरेको बखतमा एक Cardiac Cycle पुरा हुन एक सेकेन्ड समयको आठ भाग(1/8 Sec.) लाग्ने गर्छ र एक Cardiac Cycle पुरा भए पछि मुटुले १/४ सेकेन्ड समय बिश्राम गर्ने गर्छ ।यसरी रगत पम्पिङ्ग हुदाँ मुटुको Ventricular Wall फुक्ने र खुम्चने गर्छ जसबाट एक प्रकारको आवाज पैदा हुन्छ जसलाई Heartbeat भनिन्छ ।एक पुर्ण Cardiac Cycle को समयमा मुटु पनि एक पल्ट नै धड्किन्छ । र एक मिनेट भित्र एक स्वस्थ बयस्कको मुटुमा औषत ७२-७५ पटक Cardiac Cycle पुरा हुन्छ ।अर्थात मुटु पनि एक मिनेटमा ७२-७५ पटक नै धड्किने गर्छ । तर सबैमा अनि सबै समयमा भने यो कुरा लागु हुदैंन ।कोहीकोहीमा ७२ पल्टभन्दा ५/७ पल्ट बढि या घटि पनि हुने गर्छ ।तर दौडदाँ डराएको वा अन्य कुनै बलयुक्त कार्य गर्दाको समयमा भने मुटुको धड्काईको गतिमा बृद्धि हुन्छ ।यसो हुनुमा शरीरमा चाँडो चाँडो शक्ति खर्च हुनु र शक्ति उत्सर्जनको निमित्त चाँडो चाँडो मुटुद्वारा रगत प्रवाह हुनु मुख्य कारण हो ।

Rate This Article

Thanks for reading: मानव मुटु एक मिनेटमा ७२ पल्टमात्रै किन धड्किन्छ ? किन त्यो भन्दा घटी या बढी धड्कदैन ?, Stay tune to get latest Blogging Tips.

Getting Info...

About the Author

Article Writer, Storyteller, Blog Writer, Former Secondary Teacher | M.A. English, I.Sc./I.Ed.| Video Creator | Online Tutor
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.